
काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रो प्लस अब दराजमा अग्रिम बुकिङका लागि उपलब्ध भएको छ । रियलमी १२ प्रो प्लस खरिदमा तथा निःशुल्क डेलिभरीसहित निःशुल्क टी १०० इयरबड प्राप्त गर्न सकिनेछ । साथै दराजबाट खरिद गर्ने ग्राहकले हजार रुपैयाँ छुट भाउचर पनि प्राप्त गर्नेछन् । साथै ग्लोबल आइएमई बैंकबाट अनलाइन भुक्तानी गर्ने ग्राहकले सात सय ५० रुपैयाँ अतिरिक्त छुट पाउने व्यवस्था छ । अफर जेठ २३ सम्ममात्र लागू हुने कम्पनीले जनाएको छ ।
१२ जिबीको र्यामसँग पाँच सय १२ जिबीको आन्तरिक स्टोरेज रहेको छ, जुन आवश्यकताअनुसार २४ जिबीसम्म थप्न पनि सकिन्छ । कम्पनीका अनुसार फोटोग्राफी तथा भिडियो निर्माणमा रियलमी १२ प्रो प्लस बहुमुखी क्यामेरा अति उपयोगी हुन्छ । ६४ मेगा पिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्निभिजन ओभी ६४ बी सेन्सर र ओआइएक्स, अत्यधिक सफा फोटोका लागि ५० मेगापिक्सेल सोनी आइएमएक्स ८९० ओआइएस क्यामेरा, आठ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एंगल क्यामेरा र ३२ मेगा पिक्सेलको सोनी आइएमएक्स ५ सेल्फी क्यामेराजस्ता अत्याधुनिक सुविधा उपलब्ध छन् ।
रियलमी १२ प्रो प्लसको तौल करिब एक सय ९६ ग्राम रहेको छ भने ६७ वाटको सुपरभोक चार्जिङ एडप्टर, एउटा टाइप सी युएसबी केबल, वारेन्टी कार्ड, सेफ्टी गाइड, क्विक गाइड, सिम इन्जेक्टर पिन, सेफ्टी बक्स, स्क्रिन प्रोटेक्टर राखिएको छ । रियलमी १२ प्रो प्लसको मूल्य ५० हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच