दाङ । दाङमा हावाहुरीसहितको वर्षाले घर भत्किँदा एकजना वृद्धको मृत्यु भएको छ।
शनिबार बेलुका आएको हावाहुरीसहितको पानीले घर भत्किदाँ तुलसीपुर उपमहानगरपालिका १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो।
उहाँको परिवारमा तीनजना रहेका थिए। तर, हावाहुरीको समयमा घरमा वृद्ध दम्पती मात्र थिए। हावाहुरी सहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उहाँको मृत्यु भएको हो ।
उहाँकी श्रीमती भने सकुशल रहेको तुलसीपुर १२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिनुभयो ।