नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा करदातालाई कर शिक्षा दिइएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपरासीको आयोजना र करदाता सेवा कार्यालय परासीको प्राविधिक सहयोगमा करदाता शिक्षा दिइएको हो ।
खानेपानी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष थानप्रसाद गैरेले सरकारले उपभोक्ता संस्थालाई असहज गराएर नभई सहज बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘खानेपानी संस्थाहरूले समयमै कर तिरेर अनावश्यक आर्थिक भारबाट जोगिएर पारदर्शी तवरले सस्था सञ्चालन गर्नुपर्छ ।’
कर कार्यालय परासीका प्रमुख राजेन्द्र शाहले सरकारले उठाउनुपर्ने कर समयमै उठोस् र करदाताले पनि समयमै कर तिरेर हर्जना र जरिवाना नपर्ने गरी मासिक विवरण बुझाउन आग्रह गर्नुभयो । कुन–कुन शीर्षकमा कति-कति कर लाग्छ, बिल, भर्पाइको भुक्तानीमा लाग्ने करका दरबारे पनि उहाँले जानकारी गराउनुभयो । कर नीति, करका दर र छुट सुविधाबारेमा वसन्त पौडेलले जानकारी दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपानेले करका नीति र ऐन नजानेका कारण समयमा विवरण बुझाउन ढिलाइ भएको भन्दै कर कार्यालयले कर नीति र प्रक्रियामा सहजीकरण गर्नुपर्ने सुझाव दिनुभएको थियो । परिमार्जित भइरहने कर नीतिबारेमा खानेपानी संस्थाहरूलाई जानकारी दिने प्रमुख उद्देश्यले कार्यक्रम आयोजना गरिएको खानेपानी महासंघका जिल्ला अध्यक्ष देवीदत्त सापकोटाले बताउनुभयो । खानेपानी संस्थालाई कुन-कुनमा कर लाग्छ कुन-कुनमा लाग्दैन, करका सम्बन्धमा नयाँ र पुरानो खानेपानीबीच अनुभव साटासाट गर्ने करकट्टीसम्बन्धी तालिमको आयोजना गरिएको उहाँले बताउनुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष जुनकुमारी कँडेल, सचिव मुक्तिबहादुर भण्डारीका साथै जिल्लामा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका लेखापाल, व्यवस्थापक, कार्यसमिति र लेखासमितिका गरी ४५ जनाको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच