अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक सुधारको वर्ष घोषणा सकारात्मक : सांसद पन्त

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य कमला पन्तले अर्थतन्त्रलाई चलायमान बनाउन तथा आर्थिक मन्दीको समाधान खोज्न आर्थिक सुधारको वर्ष घोषणा गर्नेकुरा सकारात्मक रहेको बताउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा आ.व. २०८१/०८२ को बजेटबारे आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकातर्फ अर्थतन्त्र शिथिल भएको स्वीकार गर्ने र अर्कोतर्फ राजश्व १२ खर्ब ६० अर्ब ३० करोड उठाउने भन्नेकुरा हचुवा देखिएको बताउनु भयो । उहाँले चुहावट रोक्न सरकारको विशेष रणनीति बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले कुल बजेटको झन्डै ३० प्रतिशत आन्तरिक ऋण उठाउने कुराले अर्थतन्त्रलाई दीर्घकालसम्म शिथिल र नकारात्मक बनाउने बताउनु भयो । उहाँले निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई समुन्नत नेपालको निर्माणको बाटोमा अग्रसर तुल्याउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्रलाई चलायमान बनाउन तथा आर्थिक मन्दीको समाधान खोज्न आर्थिक सुधारको वर्ष घोषणा सकारात्मक छ । तर एकातर्फ अर्थतन्त्र शिथिल भएको स्वीकार पनि गर्ने, अर्कोतर्फ राजश्व १२ खर्ब ६० अर्ब ३० करोड उठाउने भन्नेकुरा हचुवा देखिन्छ । चुहावट रोक्न सरकारको विशेष रणनीति खोइ ? कुल बजेटको झन्डै ३० प्रतिशत आन्तरिक ऋण उठाउने कुराले त हाम्रो अर्थतन्त्रलाई दीर्घकालसम्म शिथिल र नकारात्मक बनाउँछ । सरकारको ध्यान यसतर्फ गएको देखिँदैन । निजी क्षेत्रको मनोबल बढाउन तथा हाम्रो अर्थतन्त्रलाई समुन्नत नेपालको निर्माणको बाटोमा अग्रसर तुल्याउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन सकारात्मक छ । तर गठन गर्न पनि ढिलो गर्ने र सुझावहरु कार्यान्वयनमा आनाकानी गर्ने नहोस् ।

उहाँले लगानीमैत्री वातावरणमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले कृषि क्षेत्र र किसानको अवस्था माथि उठाउन आवश्यक रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?