इलाम । विपत्ति प्राकृतिक र मानविय दुई कारणबाट हुने गर्दछ । प्राकृतिक विपत्तिमा हुने बाढी, पहिरो, भूकम्प, आँधी, तुफान, चट्याङ, स्वास्थ्यको प्रकोप जस्ता विपद् पर्दछन् भने मानवीय कारणबाट हुने विपदमा आगलागी, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट जोखिम भएको हुन्छ ।
मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा इलाममा नेपाली सेनाको रणशार्दूल गणले कृतिम घटनाको अभ्यास प्रदर्शन गरेको छ ।
बाढी, पहिरो, डुबान र आगलागीबाट प्रभावितहरूको स्थिति हेरी नागरिकको उद्वार घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने, अशक्त भएकालाई प्राथमिक उपचार सँगै चाँडो सुविधा सम्पन्न अस्पतालमा लाने लगायतका डेमो प्रदर्शन गरिएको इलामका गणपति प्रल्हाद घलेले बताउनुभयो ।
नेपाली सेनाद्धारा विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन जिल्लामा विभिन्न समयमा हुने विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यस सम्बन्धी कृत्रिम घटना अभ्यास सिमुलेसन सोमबार इलाम नगरपालिका वडा नम्वर ९ र १० को संगम स्थल राजदुवालीमा सम्पन्न भएको हो ।
प्रदर्शनी कार्यक्रममा कृत्रिम घटना अभ्यासका लागि एम्बुलेन्स, रबर बोट, लाइफ ज्याकेट, विभिन्न औजार तथा उपकरण सहित बन्दोबस्तीका सामग्रीहरु नेपाली सेनाले प्रयोग गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच