काठमाडौं । रियल म्याड्रिडले फ्रेन्च फुटबलर किलीयन एम्बाप्पेलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रीट्रान्सफरमा भित्र्याएको हो ।
२५ बर्षिय एम्बाप्पेको पिएसजीमा जुन ३० मा सम्झौता सकिने भएपछि उनी फ्री-ट्रान्सफरका लागि उपलब्ध थिए । रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिग जितेसँगै एम्बाप्पेसँग सम्झौता गरेको विषय बाहिरिएको थियो ।
एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् । पिएसजीमा उनले करिब २५ मिलियन युरो बार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् ।
उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने बताइएको छ, यद्यपी यस बारे औपचारिक जानकारी दिइएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच