हेटौंडा। मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट ४ वर्षअघि निर्माण सुरु गरेको पाँच वटा पक्की पुलमध्ये ३ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ । मनहरीस्थित ट्वाङ्ग्रा खोला, मसिने खोला र च्यापल खोलामा निर्माण सम्पन्न भएको पुलको आगामी जेठ २६ गते एकसाथ उद्घाटन गर्ने तयारी छ ।
आइतबार बसेको गाउँ कार्यपालिका बैठकले पुलको उद्घाटनको मिति तय गरेको हो । मकवानपुर क्षेत्र नं २ ९ख० बाट निर्वाचित बागमती प्रदेशका सांसद ईन्द्रबहादुर बानियाँले पुल उद्घाटन गर्ने गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो । मनहरी गाउँपालिकाले गत आर्थिक वर्ष ०७७ ७८ मा आन्तरिक श्रोतबाट ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोड ४० लाख ६५ हजार लागतमा वडा नं १, २, ३, र ४ जोड्ने च्यापल खोला, हाँडीखोला, ट्वाङ्ग्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुल निर्माण सुरु गरिएको थियो ।
बानियाँ हिराचन जेभीले ३ वटा पुल निर्माण सम्पन्न गरेको हो । ठाडोखोला र हाँडीखोलाको पुल निर्माणको काम भने आगामी मंसिरसम्म सम्पन्न भइसक्ने गाउँपालिकाले जनाएको छ । बानियाँ हिराचन जेभीकै ठेक्कामा निर्माण भइरहेको ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र भैरव नारायणम् जेभीले निर्माण गरिरहेको हाँडीखोला पुल निर्माण ६३ प्रतिशत सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच