काठमाडौं । आज विश्व वातावरण दिवस– २०२४ नेपालमा पनि विविभ कार्यक्रम गरी मनाइँदै छ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।यस वर्ष वातावरण दिवसको नारा ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने रहेको छ ।
दिवसका अवसरमा देशका विभिन्न ठाउँमा सरकार लगायत विभिन्न संघसंस्थाले वृक्षारोपण गर्दैछन् ।दिवसको अवसरमा जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न समस्या र तिनका समाधानमा विषयमा विभिन्न कार्यक्रमहरु पनि हुनेछन् ।
नेपालको संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ ।








टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :