काठमाडौं । तामागढी-सिम्रौनगढ मुआब्जा संघर्ष समिति बाराले मुआब्जाको माग गर्दै काठमाडौंको माइतीघरमा रिले अनशन सुरु गरेको छ । विगत लामो समयदेखि हुलाकी राजमार्ग, योजना कार्यालय, वीरगञ्जको कार्यक्षेत्रभित्र पर्ने तामागढी-सिम्रौनगढ सडक खण्डमा पर्ने जग्गाको मुआब्जा नपाएपछि संघर्ष समितिले काठमाडौंमै आएर अनशन सुरु गरेको हो । सिम्रौनगढ र कोल्हबी नगरपालिका तथा आदर्श कोतबाल र बारागढी गाउँपालिकाका २५ स्थानीय जेठ १८ देखि काठमाडौंमा अनिश्चितकालीन रिले अनशनमा बसिरहेका छन् ।
मुआब्जा समितिको बैठकबाट उक्त सडकको दायाँ/बाँया १५/१५ मिटर अधिग्रहणमा परेका जग्गाको विषयमा भएको मूल्य निर्धारण तथा नापी कार्यालय, बाराबाट मूल्यांकन भएअनुसार दुई अर्ब ९७ करोड ७८ लाख ४० हजार ६२५ रुपैयाँमध्ये तत्कालका लागि १५ करोड बजेट व्यवस्थापनका लागि सडक विभागबाट सिफारिश भए पनि अर्थ मन्त्रालयले बजेट नदिएको बताइएको छ ।
स्थानीयवासीको मागअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको योजना अनुुगमन तथा मूल्यांकन महाशाखाले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पटक-पटक पत्राचार गरे पनि हालसम्म नपाएको संघर्ष समितिले जनाएको छ । पटक-पटक आन्दोलन र अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रन बाध्य भएका हौँ, संघर्ष समितिका अध्यक्ष अनबर अन्सारीले बताउनुभयो ।
रिले अनशनमा सांसद अच्युत मैनालीले पनि ऐक्यबद्धता जनाउनुभएको छ । उहाँले यस विषयमा संसद्मा निरन्तर आवाज उठाउँदै आउनुभएको छ । तामागढी–सिम्रौनगढ हुलाकी सडक २०७८ चैत १८ गते सम्पन्न भएको थियो । ३९.७५ किलोमिटर सडक निर्माणका क्रममा सडक विस्तारमा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयन भएको छैन । यो सडकले दक्षिणमा भारतीय सीमाको दशगजादेखि उत्तरतर्फ पूर्व-पश्चिम राजमार्गको निजगढ-काठमाडौं ‘फास्ट ट्र्याक’ जोड्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच