राजविराज । सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत सातौँ दिन आज बिहीबारका दुवै खेल वर्षाका कारण रद्द भएको छ ।
कञ्चनरूप राइनोज र सनराइज एघार तिलाठी कोइलाडी तथा छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीचको खेल रद्द भएको हो ।
कञ्चनरूप र तिलाठी कोइलाडी बीचको खेल पहिलोमा टस जितेर ब्याटिङ गरेको कञ्चनरूपले ६.३ ओभरमा कञ्चनरूप राइनोजले विकेट नगुमाई ११५ रन बनाएको थियो। त्यसपछि भारी वर्षाले खेल पुनः सुचारु हुन सकेन। खराब आउट फिल्डका कारण खेल ११ ओभरमा घटाएर खेलाइएको थियो।
कञ्चनरूपको लागि सुभ कंसाकारले अविजित ७५ तथा राकेश कामतले अविजित ३३ रन बनाए। आक्रामक ब्याटिङ गरेका शुभले मात्र २१ बलमा ४ चौका र ९ छक्का प्रहार गरे। राकेशले १८ बलमा ३ चौका र २ छक्का मद्दतले ३३ रन बनाए ।
छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीचको खेल भने टस समेत नभई रद्द भयो ।
आजको नतिजा पछि लिग चरणको सबै ५ खेल समाप्त हुँदा छिन्नमस्ता लायन्स ३ जित र २ नतिजा विहीन खेलपछि ८ अङ्क सहित शीर्षस्थानमा छ। छिन्नमस्ताले पहिलो क्वालीफायरमा समेत स्थान पक्का गरेको छ। यस्तै कञ्चनरूप राइनोजले पनि सबै ५ खेल खेल्दा ३ जित १ हार र १ नतिजा विहीन खेलपछि ७ अङ्क बटुल्दै दोश्रो स्थानमा छ। कञ्चनरूपले पनि प्लेअफ खेल्ने पक्का भैसकेको छ। अङ्क तालिकामा तेश्रो स्थानमा रहेको तिरहुट टाइगर्सले पनि प्लेअफमा स्थान पक्का गरेको छ जसको ४ खेलमा २ जित, १ हार र १ नतिजा विहीन खेलपछि ५ अङ्क छ। ४ खेलमा १ जित, १ हार र दुई नतिजा विहीन खेलको अङ्क पछि ४ अङ्क सहित सनराइज एघार तिलाठी कोइलाडी चौथो स्थानमा छ। एक खेल खेल्न बाँकी रहेको राजविराज राजदेवी एघारको ४ खेलमा १ जित र ३ हार पछि २ अङ्क छ। तिलाठी कोइलाडी र राजबिराज राजदेवीको प्लेअफ सम्भावना कायमै छ। चार वटै खेलमा हार पछि अङ्क विहीन बलान बिहुलको प्लेअफ सम्भावना समाप्त भैसकेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार लिग चरणको अन्तिम दुई खेल हुनेछन् । बिहान ९ बजे तिरहुट टाइगर्स र बलान बिहुल सुपर किंग्स तथा दिउँसो १ः३० बजे राजविराज राजदेवी एघार र सनराइज एघार तिलाठी कोइलाडी प्रतिस्पर्धा गर्नेछन् ।
राउन्ड रोबिन लिग अन्तर्गत सञ्चालन भइरहेको लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेली सकेपछि समुहको शिर्ष–४ टिम बीच प्ले–अफमा प्रतिस्पर्धा हुनेछ ।
जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन् । कञ्चनरूप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच