-पुरन साह
जनकपुरधाम । छ दलको कुल ५५ सांसदसहित जनमत पार्टीका प्रदेश सांसद सतिश सिंहले आफ्नो नेतृत्वमा नयाँ मधेश सरकारका लागि दावी पेश गर्नुभएकाे छ । सबै भन्दा ठुला दल एमाले २५, जनमत १३, माओवादी ९, नेकपा एस ७ का साथै समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्तिको एक एक गरि कुल ५५ सांसदसहित बहुमतको दाबी पेश गरेका सिंहको पार्टीले भने मुख्यमन्त्रीका अलावा मात्र बन तथा वातावरण मन्त्रालय पाउने भएको छ ।
२०७९ सालको आम निर्वाचनमा नयाँ पार्टी भएर पहिलो पटक चुनावमा होमिएको जनमत लोकप्रिय मतसहित राष्ट्रिय पार्टी बनेको जनमत मधेशमा ५ प्रत्यक्ष र ७ समानुपातिक गरि कुल १३ सिट पनि प्रदेशसभामा ल्याउन सफल भए । जसपा नेतृत्वको सरकारमा नराम्ररी हेपाई खाएको जनमत पछि मधेश सरकार बाट एक पछि अर्को दबाब र हेपाई सहदै बाहिरिए ।
मधेशमा जसपा नेपालको विकल्प र मुख्य प्रतिस्पर्धी पार्टीको रुपमा पहिचान बनाएको जनमतलाई भने एमाले र माओवादीले मुख्यमन्त्री नै बनाइदिए पनि अन्य मन्त्रालयमा रोकेको छ । टाउको दिएर हातखुट्टा भाचिदिने जसरी नै जनमतलाई मुख्यमन्त्री बाहेक मात्र एक बन मन्त्रालय दिने सहमती भएको बुझिएको छ । न अर्थ न गृह तथा सञ्चार तथा कानुन नै, जनमतले कसरी सरकार चलाउन सक्छ ? भन्ने प्रश्न उब्जिएको छ ।
सरकार सहज रुपले चलाउन अर्थ र गृह कम्तिमा मुख्यमन्त्री संगै हुनुपर्ने भएपनि भागबण्डाका कारण जनमतले त्यो पाउने कुनै सम्भावना देखिदैन । दलहरुबीचको सहमतिअनुसार एमाले भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खेलकुद तथा समाज कल्याण, माओबादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय, नेकपा एकीकृत समाजवादीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उर्जा तथा सिचाई मन्त्रालय दिने सहमति भएको छ ।
१-१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ । मधेशको तेस्रो मुख्यमन्त्री बन्न गइरहेका सिंहलाई प्रदेश प्रमुखले आजै नियुक्त गर्ने र आजै सपथ ग्रहणसमेत हुने तयारी थालिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच