पार्टी विभाजनविरुद्ध उपेन्द्रले दायर गरेको रिट ‘हेर्दाहेर्दै’ मा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध परेको रिट हेर्दाहर्दैमा परेको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो तर सकिएन ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा रिट दायर गर्नुभएको थियो ।

२३ वैशाखमा अशोक राईको नेतृत्वमा जसपा नेपालका ७ सांसदले नयाँ दल जसपा बनाएका थिए । जसलाई निर्वाचन आयोगले मान्यता दियो । त्यसविरुद्ध अध्यक्ष यादव अदालत जानुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *