काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका नायब प्रमुख कार्यकारी अधिकृत(डिसिइओ) पारसकुमार काफ्लेको निधन भएको छ । एक कार्यक्रममा श्रीलंका जानुभएका काफ्लेको हृदयघातका कारण निधन भएको हो । बैंकका अनुसार उहाँको स्वास्थ्यमा समस्या आएपछि श्रीलंकाकै एक अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको केही समयपछि स्वास्थ्य अवस्था सहज देखिएको भन्दै अस्पतालले डिस्चार्ज गरेको थियो । तर, गत शनिबार बिहानको नास्ता खाँदै गर्दा पुनः समस्या देखिएपछि फेरि अस्पताल पुर्याइएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलका अनुसार त्यहाँ आवश्यक परीक्षण गरेपछि मुटुमा समस्या रहेको पत्ता लाग्यो । एन्जिओप्लास्ट गर्दा मुटुका धेरै भागमा ब्लकेज देखियो । उपचारकै क्रममा हृदयाघात भयो । काफ्लेको निधनबाट सिटिजन्स बैंक परिवार स्तब्ध भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडिजमा स्नातकोत्तर काफ्ले ३२ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । ट्रेड फाइनान्स, क्रेडिट अपरेसन्स, ब्रान्च व्यवस्थापन, बैंक अपरेसन, रिलेसनसिप व्यवस्थापन, अपरेसनल रिस्क व्यवस्थापन र कम्प्लायन्समा उहाँको विशेष दख्खल थियो । काफ्लेले सिटिजन्स बैंकको प्रमुख सञ्चालन अधिकृत (सिओओ) भएर सात वर्षसम्म अनुभव बटुल्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच