
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गरी काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणले रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने जनाएको हो ।
आज बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालयलगायत स्थानमा बिहान ११ देखि अपराह्न ५ बजेसम्म विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ ।
यस्तै, प्राधिकरणले जेठ २८ गते कालिकास्थान फिडर, जेठ ३० गेत भीमसेनस्थान, ३२ गते गैरीधारा, असार २ गते पानीपोखरी र असार ३ गते सामाखुसी फिडर अन्तर्गतका क्षेत्रमा बिहान ११ देखि अपराह्न ५ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच