रवि लक्षित प्रदीपको टिप्पणी : नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास गम्भीर विषय

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा भन्दै नैतिकताको बोध नगरिने राजनीति काँग्रेसले अन्त्य गरेर छोड्ने दाबी गर्नुभयो ।

उहाँले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहीरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गर्नुभयो । उहाँले छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको जिकिर गर्नुभयो । उहाँले नेपाली काँग्रेसले संसदमा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पु¥याउन नसकिने स्थिति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीले संसदमा सहकारीको मुद्दा त्यस ढंगबाट अगाडि ल्याउँदैन थियो भने यहाँ सहकारी पीडितहरुले न्याय पाउने अवस्था हुँदैन थियो । ७३ लाख जनता जोडिएको यो मुद्दालाई नेपाली काँग्रेसले एउटा निर्णायक मोडमा पु¥याएको छ । संसदमा नेपाली काँग्रेस पार्टीले यसलाई सशक्त ढंगबाट संसदमा भएका साना पार्टीहरु छोडेर कुनैपनि राष्ट्रिय पार्टीले यो सहकारीको मुद्दालाई उठाएको थिएन । नेपाली काँग्रेस पार्टीले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरु जोडिएको अवस्था हो । सत्तालाई सम्पूर्ण रुपमा दुरुपयोग गरेर यो मुद्दा उठ्न नदिन, गुपचुप गर्न, ढाकछोप गर्न, प्रमाण लुकाउन सम्पूर्ण रुपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको थियो । त्यसैले समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजेको हो । हामीले संसदीय समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजिएको हो, त्यो व्यक्तिलाई तपाईंले राजीनामा दिनुपर्दैन भनेर फकाएर, तपाईं जुन कुर्सीमा बसिरहनुभएको छ, तपाईंमाथि छानबिन हुँदाहुँदै पनि तपाईं त्यस कुर्सीमा बसिरहन पाउनुहुन्छ । राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो । कोही व्यक्ति नांगै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन । त्यसैले संसदले छानबिन समिति गठन गर्‍यो । त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय हो । प्रतिगामी विषय हो । जसलाई छानबिन भइरहेको छ, त्यो व्यक्तिले नै सत्ता चलाउने त्यो खालको परिस्थितिलाई नेपाली काँग्रेसले अन्त्य गरेर छोड्छ ।’

उहाँले जनप्रतिनिधिको आवरणमा जनतालाई ठग्ने काम व्यापक रुपमा भइरहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
शेरबहादुर देउवाको हात भाँचिएको हल्ला निराधार : सचिवालय कोशी प्रदेश मन्त्रिपरिषद्का तीन महत्त्वपूर्ण निर्णय आईटी प्रतिस्पर्धामा पछि परेका छौँ, अब कमजोरी सुधार्छौँ : अध्यक्ष ओली दरबार हत्याकाण्डबारे अझै सत्य खुल्न बाँकी छ : ओली यी हुन् तीन प्रज्ञा प्रतिष्ठानको सिफारिस समितिमा मनोनीत छ सदस्य कविता: तीन घण्टी टिनिनी अमेरिका–इरान तनावबीच कूटनीतिक सम्बन्धमा दरार, कतार र पाकिस्तानसँग पनि बढ्यो तनाव मुख्य ढल निकास साँघुरिँदा उपत्यकामा डुबानको सास्ती नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, परिसूचक ७९.७४ अंकले बढ्याे बर्ड फ्लु नियन्त्रणपछि खुल्यो सदर चिडियाखाना (तस्बिर)