काठमाडौं । चिलचित्र ‘पूर्ण बहादुरको सारंगी’को छायांकन सुरु गरिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको चलचित्रको ओखलढुंगाको रुम्जाटारबाट छायांकन सुरु गरिएको हो । चलचित्रको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपुत र बालकलाकार जान्भी पौडेल दिनुभएको थियो ।
चलचित्रमा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहनेछ । यस्तै चलचित्रको बालकलाकारमा जान्भी पौडेल र स्वायं केसीको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र सोसल-ड्रामा जनरामा गन्धर्व परिवारको कथामा आधारित रहनेछ । चलचित्रलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।
चलचित्रमा कलाकारहरूको भूमिका बारेमा अहिले केही पनि खुलाइएको छैन । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारंगी रहनेछ । विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच