काठमाडौं । सिजी फुड्स नेपालले नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । विगतदेखि नै पुरुष अण्डर-१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अण्डर-१९ क्रिकेट टिमलाई ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख रुपैयाँ गरी ६० लाख सहयोग गर्ने भएको हो । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रबीच चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सिजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदिप पुडासैनीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
यसअघि वाइवाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहनस्वरूप सुपर-८ मा पुग्न सफल भएमा ३० लाख रुपैयाँ तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रनबापत एक हजार, प्रत्येक चौकाबापत आठ हजार, प्रत्येक छक्काबापत १२ हजार, प्रत्येक विकेटबापत १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत एक लाख र नेपाली टिमको प्रत्येक जितमा एक लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
सोही अवसरमा वाइवाइ चाउचाउले नेपाल दोस्रोपटक आइसिसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविस्मरणीय बनाउने उद्देश्यले ‘वाइवाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ । सिजी फुड्सले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच