काठमाडौं । ग्लोबल आइएमई बैंकले अधिकांश बैंकिङ सेवा बैंकको वेबसाइटमार्फत् अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकको आवश्यकता मध्यनजर गरी बैंकले आफ्ना दुर्ई दर्जनभन्दा बढी सेवालाई बैंकको वेबसाइटमार्फत् अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो ।
बैंकले क्युआर कोड तथा पिओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (डेबिट कार्डका लागि) आवेदन, क्रेडिट कार्डको विवरणका लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डका लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्वा, मेरो सेयर, टिएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवा बैंकको वेबसाइटबाटै अनलाइन प्रदान गर्नेछ ।
बैंकले केही दिनअघिमात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको थियो । जसमा चेक जम्मा मेसिन, नगद जम्मा मेसिन र एटिएम मेसिनजस्ता अत्याधुनिक मेसिन रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच