काठमाडौं । मुक्तिनाथ विकास बैंकले शिक्षा क्षेत्रमा टेवा पुग्ने उद्देश्यले गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित बझाङको थलरा गाउँपालिका ९ स्थित भवानी आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी आर्थिक सहयोग गरेको छ ।
हाल नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी निर्माण गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानीयवासीले श्रमदानसमेत गरेका थिए । यसप्रकारको सहयोगबाट मुक्तिनाथ विकास बैंकले विद्यार्थीले नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच