हेटौंडा । अत्याधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिकाका विद्यालय दुई दिन बिदा दिने निर्णय गरिएको छ। । गर्मीले पठनपाठन प्रभावित भएपछि हेटौंडा उपमहानगरपालिकाले दुई दिन विद्यालय बिदा दिने निर्णय गरिएको हो ।
बुधबार सूचना जारी गर्दै उपमहानगरपालिकाले बिहीबार र शुक्रबार विद्यालय बिदा दिने निर्णय गरिएको जनाएको छ ।
आयधिक गर्मीका कारण विद्यार्थी विरामी परेको तथा पठनपाठनमा असहजता भएकाले केही समय विद्यालय वन्द गर्न जनप्रतिनिधि, विद्यालय तथा अभिभावकवाट अनुरोध भद्र आएकाले वर्षे विदाबाट कट्टी हुनेगरी ३१ र ३२ गते विद्यालय बन्द रहने निर्णय गरिएको सूचनामा उल्लेख छ।
सूचना अनुसार नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तथा मन्टेश्वरी एवम् प्रारम्भिक बाल विकास केन्द्रहरु असार १ गते शनिबार परेकाले असार २ गतेबाट मात्र सञ्चालन हुनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच