बेमौसममा सिमी उत्पादन भएपछी तरकारीको झर्को टर्‍याे

निर्पेन्द्रबहादुर मल्ल मुगु, संवाददाता
निर्पेन्द्रबहादुर मल्ल मुगु, संवाददाता
Read Time = 4 mins

मुगु । सोरु गाउँपालिका-८ कच्चे गाउका मदुकला कार्कीलाई आजभोली घर परिवारका लागि खानासङै तिउन के बनाउने भन्ने झर्को लाग्न छोडेको छ ।

सोही गाउँकी अर्की गृहिणी नन्दादेवी बुढा १ वर्ष अघिका दिन सम्झदै भन्नुहुन्छ 'विहान बेलुका खाना बनाउन लाग्दा के तिउन, तरकारी बनाउने भनेर सधै चिन्ता लाग्ने गरेको थियाे तर अब त्यो झर्को टरेको छ' ।

मधुकला र नन्दादेवी मात्र होइन यो वर्षको जेठ,असारमा कच्चे गाउँका सबै घरधुरीका गृहणीलाई भात,रोटी संगै खान तरकारी र दालको झर्को टरेको छ ।

विगत वर्षहरुमा असारमा सिमी,मास तथा अन्य गेडागुडी लगाएर कार्तिकमा पाक्ने र टिप्ने गर्थे । वर्षमा एक चोटि मात्र हुने दलहन बालीबाट उत्पादित दाल ५ महिना मात्र पुग्थ्यो त्यस पछिका बैशाख, जेठ, असार महिनाहरुमा के दाल बनाउने भनेर घरका घरिनाहरुलाई चिन्ता हुन्थ्यो अब भने त्यो चिन्ता हटेको कच्चे गाउका चक्र बहादुर कार्की बताउनु हुन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वन इकाइ कार्यालय गमगढी मुगुले यहाँका कृषकहरुलाई बेमौसमी सिमी खेती गर्न सिकाइ यो वर्षबाट खेती गर्न शुरु गराएपछी बेमौसममा पनि सिमी उपलब्ध भएपछी कच्चे गाउँका स्थानियलाई दाल बनाउने झर्को टरेको हो ।

यो गाउँका स्थानियहरुले फाल्गुण महिनामा सिमी लगाएका थिए । अहिले पाकेर सिमी निकाल्ने चटारोमा छन् । वर्षाैं देखि वर्षमा एक चोटि मात्र सिमी खेती गर्दै आएका कच्चेबासीले शुरुमा बेमौसममा सिमी लगाउन सिकाउँदा विश्वास नै गरेका थिएनन । जग्गा विग्रने भयो, बीउ मर्ने भयो भनेर चिन्ता मान्ने गरेका थिए । सिमीको बीउसहित सिमी राख्ने भकारीसहित निशुल्क तालिम दिएपछी बेमौषमी सिमीखेती लगाउन गाउँलेहरु राजी भएको परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्ल बताउनुहुन्छ ।

हामिले गरेको योजना अनुसार सिमी उत्पादन नभए के गर्ने, कृषकले के भन्लान भन्ने चिन्ताका विच सिमी खेती राम्रो र गुणात्मक उत्पादन भएपछी कृषकहरु खुशी भएका छन । वर्षमा २ चोटि सिमी उत्पादन हुने भएको छ । फाल्गुनमा लगाएको सिमी जेठ र असारमा लगाएको सिमी कार्तिकमा टिप्ने भएका छन् ।

परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा कच्चे जिउलाको ४ हेक्टर जमिनमा कच्चे गाउँका ८० घरधुरिले सिमी खेती गरेका छन् ।
कृषकहरुले राम्रो उत्पादन गरेर विक्री गर्न चाहेमा कार्यालयले कृषकहरुलाई बजारसम्म लैजान ढुवानी अनुदान दिने परियोजना प्रमुख मल्ल बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ 'वेमौसममा सिमि उत्पादन भएपछी घरका महिला बढी लाभान्वित भएका छन उहाहरुको कार्यबोझ र चिन्ता घटेको छ भने घरपरिवारले सुख्खा महिनामा पनि झोलिलो दाल खान पाएका छन् ।'

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुगुको सहयोगमा यो वर्ष मुगु जिल्लाका स्थानियहरुले २५ हेक्टर जमिनमा बेमौसमी सिमी खेती गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?