काठमाडौं । नेपालले जारी आसिसी टी-२० विश्वकपअन्तर्गत अन्तिम खेल आज बिहान बंगलादेशसँग खेल्दैछ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बिहान ५ः १५ बजेदेखि हुँदैछ । उक्त खेल किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा खेलिनेछ । १८ हजार दर्शक क्षमताको यो स्टेडियम क्यारेबियन क्षेत्रको निकै पुरानो स्टेडियम हो ।
नेपाल सुपर आठको दौडबाट भने बाहिरिएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग वर्षाले रद्द भएको थियो । त्यस्तै, तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपर आठको दौडबाट बाहिरिएको हो । तर, बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नैपर्ने अवस्था छ ।
बंगलादेशको अहिले दुई खेलमा चार अंक रहेको छ र समूह ‘डी’मा तेस्रो स्थानमा छ । यो समूहमा अपराजित दक्षिण अफ्रिका चार खेलबाट आठ अंक जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिका नेपालविरुद्धको खेलअघि नै सुपर आठमा पुगिसकेको थियो । दोस्रो स्थानमा रहेको बंगलादेशको तीन खेलबाट चार अंक छ । तीन खेलबाट दुई अंक बनाएको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । नेपालको तीन खेलमा एक अंक छ । एक अंक बनाएको श्रीलंका अन्तिममा छ । सन् २०१४ को विश्वकप विजेता श्रीलंका पनि यस विश्वकपबाट बाहिरिसकेको छ ।
यस समूहमा नेदरल्याण्ड्स पनि सुपर आठको दौडमा कायम रहेको छ । आज बिहान हुने नेदरल्याण्ड्स र श्रीलंकाबीचको खेल नेदरल्याण्ड्सले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्ड्स सुपर आठमा पुग्ने अवस्था छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)द्वारा घोषित पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयतामा श्रीलंका आठौँ र बंगलादेश नवौँ स्थानमा आसीन छन् । उक्त वरीयतामा नेदरल्याण्ड्स १५औँ र नेपाल १७औँ स्थानमा छन् ।
नेपाल र बंगलादेशबीच यसअघि सन् २०१४ को टी-२० विश्वकपमा भेट भएको थियो । त्यतिबेला नेपाल आयोजक बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो । आइसिसी टी-२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।
त्यो विश्वकपमा आइसिसीको पूर्णकालीन सदस्यमध्ये पहिलोदेखि आठौँ वरीयतामा रहेका राष्ट्र सिधै ‘सुपर टेन’ चरणमा पुगेका थिए । आइसिसीको पूर्णकालीन सदस्यमध्ये नवौँ र १०औँ वरीयतामा रहेका टोली बंगलादेश र जिम्बाबेले भने छनोट चरण पार गरेर आएका ६ वटा एसोसिएट्स सदस्य राष्ट्रसँग प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेका थिए ।
त्यतिबेला नेपालसँगै आयरल्याण्ड, अफगानिस्तान, नेदरल्याण्ड्स, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ गरी ६ वटा एसोसिएट्स सदस्य राष्ट्रले छनोट चरण पार गरेर त्यो विश्वकपमा सहभागिता जनाएका थिए ।
त्यो विश्वकपको प्रारम्भिक चरणमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा आयोजक बंगलादेश, अफगानिस्तान र हङकङ पनि थिए । समूह ‘बी’ मा भने जिम्बाबे, नेदरल्याण्ड्स, आयरल्याण्ड र युएई रहेका थिए । दुवै समूहबाट एक–एक टोली ‘सुपर टेन’ चरणमा पुग्ने प्रावधान थियो ।
नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई ८० रनले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली टेस्ट राष्ट्र बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो । समूहगत चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले हराएको थियो ।
समूहगत चरणमा नेपाल र बंगलादेश दुवैले दुई-दुई खेलमा जित र एक–एक खेलमा हारको नतिजा निकालेका थिए । बंगलादेशी टोली भने हङकङसँग दुई विकेटले पराजित भएको थियो । समूहगत चरणमा नेपाल र बंगलादेशको चार-चार अंक थियो ।
तर, नेट रन रेटमा नेपालभन्दा अगाडि रहँदै बंगलादेश ‘सुपर टेन’ चरणमा पुग्न सफल भएको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो । त्यो विश्वकपमा नेपाल झिनो अन्तरका कारणमात्र ‘सुपर टेन’ चरणमा पुग्नबाट वञ्चित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच