काठमाडौं । आइसिसी टी-२० विश्वकपको समूह चरणका ४० खेलमा तीन पटक मात्रै २०० भन्दा बढीको स्कोर बन्यो । तर, १२ पटक १०० भन्दा कम स्कोरमै केही टिम अलआउट भए । समूह चरणका १६ खेल अमेरिकाका तीन शहरमा खेलिएका थिए । जसमध्ये नौ खेल पछ्याउने टोलीले जिते भने तीन खेल पहिले ब्याटिङ गरेकाले जिते । एक खेल बराबरीमा रोकिएको थियो भने तीन खेल वर्षाका कारण अनिर्णित रहे । अमेरिकामा एकपटक पनि २०० रनको स्कोर बन्न सकेन । दुईपटक १०० भन्दा कम स्कोर भयो । अमेरिकामा कम स्कोरिङ खेलहरू थिए ।
वेष्ट इण्डिजका ६ वटा मैदानमा २४ समूह खेल खेलिएको थियो । पहिले ब्याटिङ गर्ने टोली १० मा विजयी भएका थिए । यहाँ पनि एक खेल बराबरी भए पनि वर्षाका कारण एक खेलमात्रै अनिर्णित रहृयो । तीनपटक टोलीले २०० भन्दा बढी रन बनाए । जबकि १० पटक टोली १०० भन्दा कम स्कोरमा अलआउट भए । युगाण्डाको टोलीले कुनै पनि खेलमा १०० रनको स्कोर छुन सकेन । उसको उच्चतम स्कोर ७८ रन थियो, जुन उसले पपुवा न्युगिनीविरुद्ध बनाएको थियो ।
समूह चरणमा २६ अर्धशतक बनाए पनि एक खेलाडीले पनि शतक बनाउन सकेनन् । वेष्ट इण्डिजका निकोलस पुरनले अन्तिम समूह खेलमा अफगानिस्तानविरुद्ध ९८ रन बनाउनुभयो । जुन जारी विश्वकपमा अहिलेसम्मकै उच्च स्कोर हो ।
समूह चरणमा निकै कम स्कोरिङ भएको थियो, जसमा ८० इनिङ्समा १८० भन्दा बढीको स्कोरमात्र आठपटक भयो । जसमध्ये २०० भन्दा बढी स्कोरमात्र तीनपटक भयो । तेस्रो २०० प्लस स्कोर वेष्ट इण्डिजले अफगानिस्तानविरुद्ध बनाएको थियो । जुन अहिलेसम्मकै उच्च स्कोर हो । यसबाहेक अष्ट्रेलिया र श्रीलंकाको टिमले मात्रै २०० भन्दा बढी स्कोर बनाउन सके । अमेरिकामा खेलिएका २६ इनिङ्समा चारपटक मात्रै टोलीले १५० प्लस रन बनाउन सके । यसका बाबजुद पनि यहाँ सबैभन्दा कम स्कोर ७७ रन थियो, जुन श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेलमा बनाएको थियो ।
वेष्ट इण्डिजमा आठमध्ये ६ खेलमा १८० प्लस स्कोर बनाए पनि प्रतियोगिताको सबैभन्दा कम पाँच स्कोर पनि त्यहीँ बन्यो । युगाण्डाको टोलीले वेष्ट इण्डिजविरुद्ध मात्र ३९ रन बनाएको थियो । जुन टी-२० विश्वकपमा सबैभन्दा सानो स्कोरको कीर्तिमान बराबर हो । यसअघि सन् २०१४ मा पनि नेदरल्याण्ड्सले श्रीलंकाविरुद्ध ३९ रनमात्र बनाएको थियो । यसपटक युगाण्डाले प्रतियोगिताको शीर्ष पाँचमध्ये तीन सबैभन्दा सानो स्कोर बनाएको छ ।
पाँचपटक टोलीले ८० रनभन्दा बढीको अन्तरले खेल जितेका थिए, जसमध्ये दुईपटक वेष्ट इण्डिज र एकपटक अफगानिस्तान १०० रनले जितेका थिए । वेष्ट इण्डिजले युगाण्डालाई १३४ रनले हराएको थियो, जुन समूह चरणको सबैभन्दा ठूलो रनको जित हो । टोलीले अफगानिस्तानलाई पनि १०४ रनले पराजित गरेको थियो ।
समूह ‘डी’को खेलमा नेपालविरुद्ध दक्षिण अफ्रिकाले ११५ रनको रक्षा गर्दै खेल एक रनले जित्यो । यो समूह चरणको सबैभन्दा सानो रनको जित हो । दक्षिण अफ्रिकाले फेरि बंगलादेशलाई ४ रनले पराजित गरेको थियो । समूह चरणमा चार समूहका तीन टिमले मात्र चार-चार खेल जित्न सके । समूह ‘बी’ बाट अस्ट्रेलिया, समूह ‘सी’ बाट वेष्ट इण्डिज र समूह ‘डी’ बाट दक्षिण अफ्रिकाले सबै खेल जिते । यसबाहेक भारत समूह ‘ए’ बाट पनि अपराजित रहृयो । तर, टोलीले तीन खेलमात्र जित्न सकेको थियो, जसमध्ये एक खेल वर्षाका कारण अनिर्णित रहृयो ।
अफगानिस्तान र बंगलादेशले पनि तीन-तीन खेल जितेका छन् तर एक-एक खेलमा हार बेहोरेको छ । तीन प्लस खेल जित्ने सबै ६ टोली सुपर-८ राउण्डमा पुगेका छन् । अमेरिका र इंग्ल्याण्डले दुई-दुईको जितसहित अर्को चरणको टिकट पाएका छन् । अमेरिका अनिर्णित खेलका कारण र इंग्ल्याण्डले राम्रो रन रेटका कारण सुपर-८ चरणमा प्रवेश गरेको थियो ।
समूह चरणमा सात टोलीले तीन वा सोभन्दा बढी खेल हारे । जसमा समूह ‘बी’ बाट ओमान र समूह ‘सी’ बाट पपुवा न्युगिनीले चारवटै खेलमा हार बेहोरे । आयरल्याण्ड र नेपालले पनि कुनै जित हात पार्न सकेनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच