
काठमाडौं । पप गायक सञ्जीप प्रधानले लामो अन्तरालपछि नयाँ गीत ‘रेल गुड्ने स्टिम इन्जिन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ ।
सार्वजनिक गीतको भिडिओमा गायक स्वयं र करिश्मा श्रेष्ठलाई फिचरिङ गरिएको छ । गीतमा कबवेभ व्याण्डका दीपेश मुल्मीको एरेञ्ज छ । काभ्रेको पनौतीका रमणीय स्थानमा छायांकन गरिएको उक्त गीतको भिडिओमा एक यात्रीले कल्पना गरिरहेकी सुन्दर युवतीलाई वास्तविक जीवनमै भेटेको दृश्यलाई निर्देशक सुव्रत आचार्यले उतार्नुभएको छ ।
निर्देशक आचार्यले सञ्जीपको यो नयाँ भिडिओ पप जनरामा नै आधारित भएर निर्माण गरिएको बताउनुभयो । जया शर्मा क्रियटिभ डाइरेक्टर रहेको भिडिओको छायांकन उत्सव दाहालले गर्नुभएको हो भने सम्पादन विकास दाहालको छ । गीतको भिडिओ गायक सञ्जीपकै अफिसिल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
‘देउरालीको चौतारीमा, कसरी भनुँ म, भोलि फेरि सल्लाघारीमा, नशाभित्र नशा सरी’ तथा केही नेपाल भाषाका गरी सञ्जीपका दर्जनभन्दा बढी गीत हिट छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच