काठमाडौं । पशुपति क्षेत्र (वनकाली) हंस मण्डमा आगामी साउन १ गतेबाट कोटिहोम महायज्ञ हुनेभएको छ । कोटिहोम महायज्ञको तयारी लगभग अन्तिम चरणमा पुगेको श्रीमद्भागवत कथा एवं पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमूिर्त जी महाराजले जानकारी दिनुभएको छ । कृष्णमूर्तिका अनुसार श्री मानव सेवा फाउण्डेशन, नेपाललगायत झण्डै एक दर्जन संघसंस्थाको आयोजनामा कोटिहोम महायज्ञ हुन लागेको हो ।
‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन ३२ गतेसम्म सञ्चालन हुनेछ ।
ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर अनाथालय आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ कोटिहोम महायज्ञ आयोजना गर्न लागिएको आयोजक मानवसेवा फाउण्डेशनले जनाएको छ ।
महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, सु-प्रसिद्ध कथा वाचिका राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतले कथावाचन गर्ने जनाइएको छ । एक महिने सो विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रूपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुने फाउण्डेशनले जनाएको छ ।
यसअघि मानवसेवा फाउण्डेशनले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सहयोग पुर्याउन छुट्टाछुट्टै समय र स्थानमा श्रीमद्भागवद् लगाइसकेको छ । अभिभावकवीहिन अनाथ तथा आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निःशुल्क रूपमा गास, वास, कपास, स्वास्थ्य, शिक्षा र न्यानो माया मामाघर आश्रमले दिइरहेको छ ।
आश्रममा देशका विभिन्न स्थानका ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रूपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएको विजय कृष्णमूर्ति जी महाराजले बताउनुभयो । त्यस्तै बेसाहरा, पीडित, दुखी, गरिब र आधारभूत अवश्यकताबाट बन्चित करिब २० जना बेसहारा आमाबुबाले ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रय प्राप्त गर्दै आएका छन् । हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको छ ।
देश विदेशमा रहेका नेपालीको सहयोगबाट भवन निर्माण गर्न सके हजारौं भविष्यका कर्णधार बालबालिका अनि अनुभवका खानी ज्येष्ठ नागरिक आमाबुबाले स्याहार, सत्कार र असल संस्कार सिक्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ । कार्यक्रममा सयौं गुरुहरू, कलाकारहरू तथा अतिथिहरूको भोजन प्रसादको व्यवस्थापन भने सुमार्गी भवन क्षेत्रमा गरिनेछ । सुमार्गी भवन बाहिर दाँयाबाँया खाली स्थानमा एकातर्फ राष्ट्रिय भजन प्रतियोगिता जस्ता विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना र भक्तालुहरूको लागि विषेश प्रसादको व्यवस्था गरिनुका साथै रक्तदानको पनि कार्यक्रम गरिने छ ।
अर्कोतर्फ एक करोड पार्थिव शिव लिंग निर्माण गरी एक करोड बेलपत्र दुरा शिव पुजन गरिने कार्यक्रम पनि रहेको छ । त्यस्तै देश विदेशमा रहने आमनेपालीहरूको सुख शान्ति र समृदिको कामना गर्दै बागमती किनार क्षेत्रमा २१ करोड दीप पनि प्रज्ज्वलन गरिनेछ । महायज्ञमा आउने गुरुहरू, कलाकार, अतिथि र आमभक्तजनलाई बस्ने विशेष व्यवस्था पाशुपति आसपासका धर्मशाला क्षेत्रमा गरिएको छ ।
यस्तै महायज्ञको पूर्वसन्ध्यमा असार २२ गते बाइक र्याली, असार २४ गते ट्याक्सी र्याली, असार २६ गते रिक्सा र्याली, असार २७, २८ र २९ गते चक्रपथ पैदल यात्रा, असार ३० गते साइकल र्याली र असार ३१ गते विशाल शोभा कलश यात्रा गरिने आयोजकले जनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच