संविधान संशोधन गर्न आवश्यक छ : प्रकाशशरण महत

हिमालय टाइम्स
Prakash Saran Mahat

काठमाडाैं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशनमा संविधान संशोधनको विषयमा प्रवेश गराइसक्नुभएको उल्लेख गर्दै समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सहमति जुटाइ काँग्रेसले सो बाटोमा अभियान छेड्नुपर्ने बताउनु भयो । उहाँले एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुने व्यवस्था राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टी सभापतिले हाम्रो अधिवेशनमा त्यसलाई प्रवेश पनि गराइसक्नुभएको छ । अब हामीले संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्छ । समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्छ । अब त्यस बाटोमा नेपाली काँग्रेसले अभियान छेड्नुपर्छ । राष्ट्रिय सहमति जुटाउनु पर्छ । त्यो भनेको के हो भने ३३ प्रतिशत जुन केन्द्रमा महिला, प्रदेशमा, स्थानीयमा अझ बढी छन् । यसलाई सुनिश्चित गर्न के गर्ने ? स्थानीयमा त प्रत्यक्ष निर्वाचन हुन्छ । त्यसकै माध्यमबाट आउँछ । केन्द्र र प्रदेशमा महिला उम्मेदवारले महिला उम्मेदवारसँगै प्रतिष्पर्धा गर्ने हुनुपर्छ । सिट रोटेशनमा हुनुपर्छ । एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुनुपर्छ । जुनसुकै पार्टीका होउन् । अर्को पल्ट अर्को एक तिहाई क्षेत्रमा फेरि महिला महिला बीच हुनुपर्छ । यसले राजनीतिक नेतृत्व विकसित गर्न मद्दत गर्दछ ।’

प्रवक्ता महतले संविधानमा रहेको निर्वाचन पद्धतिलाई संशोधन गर्ने समय आएको बताउनु भयो । नेपालको आर्थिक, सामाजिक, राजनीतिक विकास नेपाली काँग्रेसको नेतृत्वमा हुनुपर्ने बताउनु भयो । उहाँले वर्तमान सरकारको अवस्था बेहाल रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
भूमिहीन सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्ने दिशामा सरकार अघि बढेको छः… काँग्रेस सभापति थापाको संकल्पः ७ सय ५३ मध्ये १ सय स्थानीय तहको… सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित महाविपत्तिबाट प्रभावित बस्ती सुरक्षित स्थानमा सारिने, ल्यान्ड पुलिङबाट एकीकृत बस्ती बनाइने मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छः अध्यक्ष खत्री कांग्रेसको विधान संशोधन प्रस्तावः केन्द्रीय कार्यसम्पादन समिति ४१ सदस्यीय बनाइने हेटौँडामा विधि विज्ञान प्रयोगशाला सञ्चालन, काठमाडौंको कार्यभार घट्ने फौजदारी मुद्दामा मिलापत्र गराउनु कानुनतः दण्डनीयः मन्त्री गौतम संसदीय समितिमा न्याय प्रणाली सुधारको बहस, महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न विश्वप्रकाश शर्माको उद्घोष– गुटको विकल्प गुट होइन, विचार र नीतिको राजनीति