अवरुद्ध बेँसीसहर-चामे सडक सञ्चालनमा

हिमालय टाइम्स

फाइल तस्बिर

लमजुङ । पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर-चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो ।

डुम्रे-बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ‘एक्साभेक्टर’को सहायताले ठूला-ठूला ढुङ्गासहितको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको बताउनुभयो । यहाँ पहिरो रोकथामका लागि सङ्घीय सरकारको रु १६ करोड ४८ लाख लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

पैसठ्ठी किलोमिटर रहेको यस सडकमा  साना-ठूला सवारीसाधन सञ्चान हुँदै आएको छ । मनाङवासी यस सडकखण्ड हुँदै बेँसीसहर, काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने र सो स्थानबाट आउने गर्दछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?