काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीले मुलुकको हितमा खरो रुपमा उत्रिएर नयाँ पार्टी खोलेको औचित्य पुष्टि गर्न सक्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौमा आयोजित चियापान समारोहमा बोल्दै कानूनमन्त्री गिरीले यस्तो बताउनुभएको हो । उहाँले रास्वपाले देश र जनताको हितमा काम गर्ने,मुुलुकको स्वाधिनताका पक्षमा काम गर्ने र राष्ट्र हितमा खरो रुपमा उत्रेर रास्वपा स्थापनाको औचित्व पनि पुष्टि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले रास्वपाले यस्तो गर्न नसके परम्पराकै निरन्तरता हुने दाबी गर्नुभयो । उहाँले पार्टी स्थापना भएको दुई वर्ष मात्रै भएकाले रास्वपाले राजनीतिमा नतिजा दिने समय बिस्तारै आउने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘रास्वपाले स्थापना मनाउनु खुशीको कुरा हो । लोकतन्त्रमा यस्ता पार्टीहरु जन्मेर जनताको सेवामा निष्ठापूर्वक सर्मपित हुने कुराले राम्रो सन्देश दिन्छ । स्थापना भएको दुई वर्ष भएको हुनाले रास्वपाले राजनीतिमा नतिजा दिने समय आउँदैछ । देश जनताको हितमा काम गर्ने,मुुलुकको स्वाधिनताका पक्षमा काम गर्ने र राष्ट्र हितमा खरो रुपमा उत्र्न सक्यो भने रासपाको औचित्व पनि पुष्टि हुन्छ । नत्र परम्पराकै निरन्तरता हुन्छ ।’
उहाँले लोकतन्त्रमा नयाँ पार्टीहरु जन्मेर जनताको सेवामा निष्ठापूर्वक समर्पित हुने कुराले राम्रो सन्देश दिने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच