चुरे संरक्षका लागि विशेष योजना ल्याउन सांसद पौडेलको माग

हिमालय टाइम्स

काठमाडाैं । नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन सरकार सँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले चुरेको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुन नसक्ने भन्दै चुरे संरक्षणका लागि विरुवा रोप्ने अभियान नै शुरु गर्नुपर्ने बताउनु भयो । उहाँले चुरे मानविय अतिक्रमणको दुष्चक्रमा परेको भन्दै चुरे दोहनलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले चुरे संरक्षणको लागि निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुँदैन । चुरे दिवसको दिन एउटा बिरुवा रोपेर पनि चुरेको संरक्षण हुन सक्दैन । चुरेको संरक्षण गर्ने हो भने विरुवा रोप्ने अभियान सरकारले शुरु गर्नु जरुरी छ । सबै राजनीकि दलका कार्यकर्ताले विरुवा रोप्ने अभियान शुरु गर्नु जरुरी छ । एकै दिनमा हजारौँ बिरुवा रोप्न सक्यौँ, इलामदेखि कञ्चनपुरसम्म करोडौँ विरुवा रोप्न सक्यौँ भने मात्रै चुरेको संरक्षण हुन सक्छ । त्यसैले चुरे संरक्षणको विषयलाई सरकारले विशेष विषय बनाउनु जरुरी छ । वन तथा वातावरण मन्त्रालयले यसलाई विशेष ढंगबाट अगाडी बढाउनु जरुरी छ । चुरे संरक्षणको निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गरियोस् ।’

चुरे संरक्षणका लागि भुइँ मान्छेहरुले आवाज उठाइरहेको भएपनि सरकारको त्यसतर्फ ध्यान नगएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
गणेश नेपालीको मृत्युले राज्य र समाजलाई गम्भीर आत्मचिन्तन गर्न बाध्य बनाएको छ… गणेश नेपालीको मृत्युपछि माइतीघरमा प्रदर्शन, वीर हस्पिटल जाँदै गर्दा भद्रकालीमा राेकियो लागुऔषधसहित २० जना पक्राउ सामुदायिक क्याम्पसलाई राष्ट्रिय उच्च शिक्षा प्रणालीको मूलधारमा राख्नुपर्नेमा जोड अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ बेरुजु अध्ययनका लागि लेखा समितिले बनायो पाँच उपसमिति अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाकाे मृत्यु आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी