पाँचथर । पाँचथरको सिदिन याङनाम बृहत खानेपानी तथा उपभोक्ता समितिले फिदिम फालोट सडक खण्ड बन्द गराएको छ । उक्त सडक खण्ड अन्र्तगत आकाशे भन्ज्याङमा गाग्री तेछ्र्याएर पानी पिउन पाउँ प्राण बचौँ भन्ने प्ले काड सहित सडक बन्द गराएका हुन् ।
वन्दका कारण यात्रीहरुले सास्ती खेप्नु परेको छ । कतिपय सवारी साधानहरु विच बाटोमा अलपत्र परेका छन् । कतिपय सवारी साधानहरु विकल्पको बाटो प्रयोग गरेर यात्रा गर्न वाध्य छन् । ती विकल्पको बाटोमा पनि अवरोध गर्ने उपभोक्ता समितीले तयारी गरेको छ । झण्डै २ सयको हाराहारीमा रहेका स्थानियले कडाईका साथ वन्द गरेका छन् । अत्यावश्किय सवारी साधानहरु बाहेक अन्य सवारी साधानहरु संचालन गर्न दिएका छैनन् ।
निर्माण सम्पन्न हुन लागेको आयोजना फालेलुङ ६ र ७ सिदिनका स्थानियले अवरोध गराएपछि आयोजना सुचारु गर्न माग गर्दे सडक बन्द गराएको समितीका अध्यक्ष सिक्कुमहाङ जवेगुले बताउनुभयो ।
सडक वन्द गराउँदा पनि आफनो माग सुनवाई नभए विधुत प्रसारण अवरुद्ध गर्ने,इन्टरनेट प्रशारण अवरुद्ध गर्ने लगायतका आन्दोलनको कार्यक्रम राखिएको समितीका अध्यक्ष सिकुमहाङ जवेगुले बताउनुभयो ।
पाँचथरको सिदिन याङनाम बृहत खानेपानी तथा उपभोक्ता समितीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । अवरुद्ध भएको खानेपानी आयोजनाको काम असार ८ गते भित्रमा काम गर्ने वातावरण नबनेमा आगामी असार ९ गते बाट आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेको थियो ।
फिदिममा गत असार ४ गते पत्रकार सम्मेलन गरी प्रेस विज्ञिप्त समेत जारी गर्दे आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलन मार्फत उनीहरुले असार ८ गते सम्ममा वन्द भएको आयोजनाको काम सुचारु नभए असार ९ गते बाट चरणबद्ध आन्दोलन गर्ने विज्ञिप्त मार्फत चेतावनी दिएको थियो ।
आन्दोलन मार्फत सडक अवरुद्ध गर्ने,विधुत प्रसारण अवरुद्ध गर्ने,इन्टरनेट प्रशारण अवरुद्ध गर्ने लगायतका आन्दोलनको कार्यक्रम राखिएको समितीका अध्यक्ष सिकुमहाङ जवेगुले बताउनुभयो ।
आन्दोलनको विषयमा जिल्ला समन्वय समिती पाँचथर,खानेपानी तथा ढल ब्यवस्थापन आयोजना इलाम,जिल्ला प्रहरी कार्यालय पाँचथर,सशस्त्र प्रहरी कार्यालय पाँचथर,फिदिम नगरपालिकाको कार्यालय पाँचथर,फालेलुङ गाउँ कार्यपालिकाको कार्यालय पाँचथर,फालेलुङ गाउँपालिकाको कार्यालय,फालेलुङ गा.पा.वडा न.६ र ७,विधुत प्राधिकरण पाँचथर लाई ज्ञानपत्र समेत बुझाएका छन् ।
फालेलुङ गा.पा.वडा न.६ र ७ का स्थानियले पटक पटक वडा,पालिका,जिससमा वैठक बस्दै काम थाल्दै वीचमा पटक पटक अवरोध गर्दे आएका छन् । अहिले पनि सिदिनका स्थानियको अवरोधका कारण यस क्षेत्रको काम सकिन लाग्दा रोकिएको छ । पटक पटक काम रोकिदिँदा यस क्षेत्रका उपभोक्ताहरु आजित बनेका छन् भने तोकिएको मितिमा समेत आयोजनाको काम सम्पन्न हुन सकेको छैन ।
संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय मार्फत फालेलुङ ८ र फिदिम १० वडाका १ हजार २ सय ११ घरधुरीलाई स्वच्छ पिउने पानी पिलाउने उद्धेश्यले गत ०७९ असार २३ गते ठेक्का सम्झौता भई अन्जना पराजुली पाथिभरा जेभीले आयोजनाको काम गरिरहेको छ ।
कुल १३ करोड ६० लाख ९१ हजार ६ सय ८६ रुपैयाको लागतमा निर्माण भएको आयोजनाको अहिले भौतिक प्रगति ९१.०७ प्रतिशत र वित्तिय प्रगति ८३.४८ प्रतिशत रहेको छ ।
स्थानिय लघु जलविधुत गर्न,सिंचाई गर्न लगायत विभिन्न बहानबाजी गर्दे सिदिनका स्थानियले काममा अवरोध गर्दे आएका छन् । जिसस तथा प्रशासनको पहलमा वार्ता बसेपनि कुनै निष्कर्ष आउन सकिरहेको छैन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच