शुद्धोधन गाउँपालिकाले ल्यायो ७० करोड २७ लाखको बजेट

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तावित बजेट ७० करोड २७ लाख ४२ हजार बराबरको बजेट ल्याएको छ ।

शुद्धोधन गाउँपालिका गाउँसभाको १६ औ अधिबेशनको दोस्रो बैठकबाट गाउँपालिका प्रबक्ता वडा ४ का अध्यक्ष केशव अधिकारीले आ.व २०८१/०८२को बजेट सार्वजनिक गर्नु भएको हो ।

आन्तरिक आय बाट ५ करोड ,३७ करोड ९२ लाख ९१ हजार,र प्रदेश बाट २ करोड २३ लाख ३८ हजार ,संघीय सरकार र लुम्बिनी प्रदेश सरकारबाट राजश्व बाँडफाँड बापत ९ करोड ८१ लाख ३५ हजार, सामाजिक सुरक्षा भत्ता वापत १२ करोड रहेको बताउनु भयो ।

उहाँले अन्य श्रोत तथा अनुमानित मौज्दात रकम बाट ३ करोड २९ लाख ८४ हजारगरी जम्मा कुल बजेट ७० करोड २७ लाख ४८ हजार मात्र रहेको मध्ये गाउँसभाले विनियोजन गर्ने बजेट २८ करोड ६९ लाख ७३ हजार मात्र रहेको गाउँपालिका प्रवक्तासमेत रहनुभएका वडा नं. ४ का अध्यक्ष केशव अधिकारीले आ.व २०८१/०८२को बजेट सार्वजनिक गर्नु भएको हो । पालिकामा आजबाट यस बिषयमा छलफल तथा बजेट पास गर्ने भएको पालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?