काठडमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकले भविष्यका लागि दुःख गरेर जम्मा पारेको रकम राज्य सत्तामा बस्नेहरुबाटै लुटिएको बताउनु भयो । उहाँले राज्य सत्तामा बस्नेहरुले ठूलो आन्दोलन नगरी सहकारीबाट लुटिएको रकम नदिने बताउनु भयो । उहाँले नेपाली जनताको पसिना राज्य सत्तामा बस्ने र राज्यसत्ताको आडमा लुटिएको बताउनु भयो । उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘एउटा नेपाली उखान छ, हातले दिएर खुट्टालाई दुःख भनेजस्तो तपाईंहरुले खाइ नखाइ भोलि बुढेसकाललाई चाहिएला, बिरामी हुँदा चाहिएला, छोराछोरी पढाउन चाहएिला भनेर सहकारीमा जम्मा गरेको रकम आज राज्य सत्तामा बस्नेहरुले नै लुेटका छन् । तपाईंहरुसँग आएर जति पनि मिठा कुरा गरेपनि आन्दोलन बेगर यिनीहरु डराउनेवाला छैनन् । यनीहरु पल्किसकेका छन् । नेपाली जनताको पसिना राज्य सत्तामा बस्नेहरुले, राज्य सत्ताको आडमा नेपाली जनताको पसिनामा पौडी खेल्न पाइँदैन, नेपाली जनताले एक एक हिसाव गर्दछन् भनेर सदनमा बन्दै आएको छु । अब त सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको छ । जसले कारबाही गर्ने हो, त्यही ठाउँमा राखेपछि यि राजनीतिक पार्टीहरुले के गर्दछन् । यो समिति सहकारी ठगलाई बचाउन बनेको समिति हो ।’
उहाँले अहिलेका राजनीतिक दलहरुले देश र जनताको लागि केही काम गर्न नसक्ने बताउनु भयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच