बसले ठक्कर दिँदा आमा-छोरा घाइते

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा । मलामी बोकेर घाट जाँदै गरेको बा. ५ ख २१४५ नम्बरको बसको ठक्करबाट दुर्गा मावि गरामनीका शिक्षिका मुना कडरिया र उहाँको तीन वर्षीय छोरा अनुस ओडारी घाइते भएका छन् ।

झापा बिर्तामोड नगरपालि ८ को गरामनी बजारमा रहेको विद्यालयबाट प्र १०१०१२ प ४४४९ नम्बरको स्कुटरमा घर फर्कदै गरेकी कडरियालाई बसले ठक्कर दिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटिले जानकारी दिनुभयो ।

अवस्था सामान्य रहेका उनीहरूको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइते शिक्षिका भद्रपुर नगरपालिका शिक्षा शाखाका अधिकृत राजकुमार ओडारीकी श्रीमती हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *