
वासिङ्टन डिसी । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुवात गरेको छ । समूह ‘सी’को पहिलो खेलमा सोमबार बिहान अमेरिकाले बोलिभियालाई २-० गोल अन्तरले पराजित गरेको हो । टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक-एक गोल गर्नुभयो ।
खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिसले गोल गर्दै अमेरिकालाई अग्रता दिलाउनुभएको थियो । ४४औँ मिनेटमा पुलिसिसको पासमा फ्लोरिनले गोल गरेपछि अमेरिका पहिलो हाफमै २-० को सहज अवस्थामा पुगेको थियो । सोही अग्रता अन्तिम समयसम्म जोगाउँदै अमेरिकाले समूह ‘सी’को पहिलो खेलमा जित निकाल्न सफल भयो । जितसँगै अमेरिका तीन अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
यस्तै, कोपा अमेरिकामा उरुग्वेले पनि विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा पानामालाई ३-१ ले हराउँदै उरुग्वेले विजयी सुरुवात गरेको हो । उरुग्वेको जितमा म्याक्सिमिलिआनो अरौजो, डार्विन नुनेज र माटिआस भिनाले समान एक-एक गोल गर्नुभयो ।
उरुग्वेले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको १६औँ मिनेटमा आरौजोको गोलमार्फत् उरुग्वेले अग्रता बनाएको थियो । निर्धारित समयको खेल सकिन चार मिनेटअघि नुनेजले दोस्रो गोल गर्नुभयो । इन्जुरी समयमा क्रुजको पासमा भिनाले तेस्रो गोल गर्नुभयो । समूह ‘सी’ मा उरुग्वे र अमेरिकाको समान तीन अंक छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच