भोजपुरमा ट्राफिक प्रहरीद्वारा चालक र सहचालकको स्वास्थ्य परीक्षण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । ट्राफिक सप्ताह संचालन भई रहेको अवस्थामा सडकमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेको छ ।

तिव्र गति र स्वास्थ्यमा आएको खराबीका कारण दुर्घटना हुन सक्ने भन्दै सडकमै चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले जनाएको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण हुने भएकाले सवारी चलाई रहेका एक सय ६० चालक र सहचालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय भोजपुरका प्रमुख कमल प्रसाद दाहालले बताउनुभयो  । यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख दाहालको भनाई छ ।

असार ८ गतेबाट संचालन भएको ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत भोजपुरमा पनि बिभिन्न सचेतनामुलक कार्यक्रमहरु भई रहेका छन् । जिल्ला अस्पताल भोजपुरको प्राविधिक सहयोगमा चालकको उच्च रक्तचाप, यन्त्रिक परीक्षणलगायत मानसिक तथा शारीरिक थकानको परिक्षण गरिएको छ । चालक स्वस्थ रहेमा मात्र यात्रु सुरक्षित हुने भएकाले परीक्षणको कार्यक्रमम तय गरिएको ट्राफिक प्रहरीको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?