खोटाङ । खोटाङका दश स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गरेको छ । असार १० गतेको गाउँसभा र नगरसभामार्फत दुई नगरपालिकासहित सातवटा गाउँपालिकाले बजेट प्रस्तुत गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ९८ करोड ९४ लाख ४२ हजार ९९५ रुपैयाँ र हलेसी तुवाचुङ नगरपालिकाले ८२ करोड ३८ लाख ३३ हजार ३०० बजेट प्रस्तुत गरेको छ ।
बराहपोखरी गाउँपालिकाले ३९ करोड १२ लाख ४५ हजार, केपिलासगढी गाउँपालिकाले ४९ करोड २७ लाख ३६ हजार र साकेला गाउँपालिकाले ३१ करोड २२ लाख बजेट प्रस्तुत गरेको छ ।
ऐंसेलुखर्क गाउँपालिकाले ४३ करोड ९४ लाख ८६ हजार, खोटेहाङ गाउँपालिकाले ५६ करोड ५५ लाख ७२ हजार ९९९ रुपैयाँ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५० करोड ७७ लाख ६३ हजार र जन्तेढुंगा गाउँपालिकाले ४२ करोड २५ लाख ८ हजार ७१२ रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
रावाबेंशी गाउँपालिकाले असार ९ गते ४० करोड ६३ लाख ५८ हजार बजेट प्रस्तुत गरेको थियो। सबै स्थानीय तहहरुले गतवर्षकै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
“नयाँ नीति तथा कार्यक्रम बनायो संघीय र प्रदेश सरकारले बेलैमा बजेट पठाईदिदैन । बेलैमा बजेट नआएपछि बनाईएको कार्यक्रमहरु गर्न सकिन्दैन । आलोचित र विवादित मात्रै भईन्छ ।” केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले भन्नुभयो । ‘बरु पूरानै कार्यक्रमलाई निरन्तरता दियो,काम ग¥र्यो, बजेट बेलैमा नआएपछि उत्साह पनि न कर्मचारीमा देखिन्छ न जनप्रतिनिधिमा ।’
कानूनतः स्थानीय तहहरुले असार १० गतेभित्र सभामा बजेट पेश गर्ने र असार मसान्तभित्र सभामाफर्त बजेट पास गर्नुपर्ने प्रावधान छ । खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच