
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरु कम हुने बताउनु भयो । उहाँले भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर काँग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने जिकिर गर्नुभयो । उहाँले वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पती छानबिन हुनुपर्ने बताउनु भयो । उहाँले कहीँ कतै कसैले औंला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले देश चलाउँदै गर्दा कहीँ कतै कसैले औंला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउने हो । हिजोका दिनमा कसले केके गरे बिर्सिदिनुस् । तर भोलिको दिनलाई कसैलाई पनि छुट हुँदैन, आगामी दिनमा काँग्रेस हुँ भन्ने मान्छेहरुले कहीँ, कतै कसैले अर्को पार्टीबाट औंला ठड्यायो भने त्यसलाई कुनैपनि हालतमा काँग्रेस भित्र ठाउँ दिनु हुँदैन । त्यो प्रण गरेर हामी अघि बढ्न आवश्यक छ । भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर न काँग्रेस उँभो लाग्छ, न देश उँभो लाग्छ । सिधा कुरा भन्छु म । धनराज गुरुङले कुनै एउटा मात्र ठाउँमा कुनै एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदी लिएर आउँछ भने म राजनीतिबाट सन्यास लिन तयार छु । यही कुरा हरेक नेताले भन्नसक्ने की नसक्ने आजका दिनमा । वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पती छानबिन गर्नुपर्छ ।’
उपसभापति गुरुङले राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा भइरहेको बताउनु भयो । उहाँले पदका लागि मात्रै सहअस्तित्व स्वीकार्ने र समन्वय गर्ने काम हुनु नहुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच