काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले स्याहार केन्द्र (केयर सेन्टर) मा इजरायल जाने कामदारका लागि आवेदन माग गरेको छ । विभागले दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिका लागि सहायक कामदारका रूपमा जान इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
सूचना जारी भएको २१ दिनभित्र आवेदन दिनुपर्नेछ । सरकारले कुल आठ सय कामदार पठाउन लागेको हो । कामदारको मासिक तलब सबा दुई लाख रुपैयाँ हुनेछ । सुरुमा करार अवधि एक वर्षको रहे पनि पछि पाँच वर्षसम्म अवधि थप गर्न सकिनेछ । नेपाल सरकार र इजरायलबीच भएको श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन लागिएको विभागले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच