काठमाडौं । समृद्धि फाइनान्स र क्यापिटल हस्पिटल प्रालि बागबजार, काठमाडौं बीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौताअनुसार समृद्धि फाइनान्सका सेयर सदस्य, कर्मचारीहरू तथा खातावालाले समृद्धि मोबाइल बैंकिङ र डेबिड कार्ड प्रयोग गरी क्यापिटल हस्पिटलमा स्वास्थ्य उपचार सेवाको भुक्तानी गर्दा भारी छुट पाउनेछन् ।
सम्झौतापत्रमा फाइनान्स कम्पनीतर्फबाट प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत शुभास श्रेष्ठ र क्यापिटल हस्पिटलतर्फबाट प्रबन्ध निर्देशक प्राडा अशोकरत्न बज्राचार्यले हस्ताक्षर गर्नुभएको फाइनान्सले जनाएको छ ।
सम्झौताअनुसार अर्थोपेडिक अपरेसन शुल्कमा १० प्रतिशत, स्त्रीरोग अपरेसन शुल्कमा १० प्रतिशत, सामान्य शल्यक्रियामा १० प्रतिशत, अल्ट्रा साउण्डमा १५ प्रतिशत, प्रयोगशाला सेवामा सबै उपलब्ध परीक्षणमा १५ प्रतिशत, एक्स-रेमा २० प्रतिशत र फिजियोथेरापीलगायतमा १० प्रतिशत छुट पाउने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच