काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन राजी हुनुभएको छ ।
उहाँहरु बिच बुधबार दिउँसो झलनाथ-निवास डल्लुमा भएको भेटवार्तामा सो सहमति भएको स्रोतको दाबी छ ।
उहाँहरुबीचको भेटमा पार्टीका सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री नरेशकुमार शाहीसमेत हुनुहुन्थ्यो ।
असार १६-२० काठमाडौंमा हुने एकीकृत समाजवादीको दशौं महाधिवेशनमा अध्यक्ष को बन्ने भन्ने विषयमा चर्चा जारी छ ।
वर्तमान अध्यक्ष माधवकुमार नेपाल दोहोरिने तयारीमा हुनुहुन्छ। यस अघि सम्मानित नेत खनाल पनि अध्यक्षको दाबेदार हुनुहुन्थ्यो । तर बुधबार बिहान महासचिव भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएसँगै अब सहमतिमा नेतृत्व चयन नभए माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुनसक्ने आँकलन गरिएको छ ।
अध्यक्ष नेपाल भरसक सर्वसम्मतिमा नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी गरिरहेको छ ।
नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने एकीकृत समाजवादीको महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच