
काठमाडौं । सहकारी छानबिन समितिले गोर्खा मिडियामा अन्य सहकारीबाट प्रवाह भएको रकमको स्थितिबारे अनुसन्धान गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको कागजात मगाउने निर्णय गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिनुभयो ।
समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय समेत गरेको छ ।
समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको हो।
यी मध्ये पोखराको सूर्यदर्शन लगायत केही सहकारीबाट गोरखा मिडियामा बचत रकम आएको आरोप छ । ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया हो । तत्कालीन समयमा वर्तमान गृहमन्त्री रवि लामिछाने ग्यालेक्सी टिभीको प्रबन्धक हुनुहुन्थ्यो ।
साथै, टीओआरको अनुसूची-२ मा रहेका सहकारीको अनुसन्धानका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने पनि निर्णय भएको छ ।
‘ती सहकारीको पछिल्लो साधारसभाको विवरण, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षणको परीक्षण, अन्य आवश्यक वित्त विवरणको कागजात मगाई अनुसन्धान हुनेछ ।’ संयोजक थापाले भन्नुभयो ।
समितिको कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारीका सम्दर्भमा सम्बन्धीत निकायबाट कागजात मगाउने निर्णय समितिले गरेको छ ।
त्यस्तै, बुधबार बसेको बैठकले नै समस्याग्रस्त सहकारीको छानबिनका लागि सहकारीबिज्ञ दिपक प्रसाद बास्कोटा र केशव बडालसँग पनि परामर्श गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच