लविम मलमा पनि फिल्ली क्याफे

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौंं । एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालिले चिया पारखी तथा नेपाली चियाको संस्कारलाई विश्व बजारमा प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रियस्तरको चियाको स्वाद नेपालीमाझ चिनाउन दुबईको सुप्रसिद्ध चिया ब्राण्ड फिल्ली क्याफे नेपालमा भित्र्याएको छ । पहिलो आउटलेट गत वर्ष काठमाडौंको लाजिम्पाटमा खुलेसँगै ठमेल, बौद्ध तथा लबिम मल गरी चार आउटलेट विस्तार गरेको छ ।

फिल्लीले एक कार्यक्रमबीच मंगलबार ललितपुरको लबिम मलमा क्याफे उद्घाटन गरेको हो । सो अवसरमा रहिफ फिल्ली-संस्थापक तथा सिइओ फिल्ली क्याफे, फिल्ली क्याफे नेपालका सञ्चालकद्वय नवीन खड्का र ध्रुव रिजाल, फिल्ली क्याफे नेपालका महाप्रबन्धक बिक्की खड्का, महानायक राजेश हमाल, क्रिकेटर सोमपाल कामीलगायतको उपस्थिति रहेको थियो ।

चाँडै नै पर्यटकीय नगरी पोखरामा समेत शाखा विस्तारसहित आगामी पाँच वर्षमा नेपाल अधिराज्यभर २५ भन्दा बढी शाखा सञ्चालनमा ल्याउने योजना रहेको फिल्ली क्याफे नेपालका सञ्चालक नवीन खड्काले बताउनुभयो ।

युवा विदेशिने बढ्दो क्रमलाई मध्यनजर गर्दै स्वदेशमै हस्पिट्यालिटी बिजनेसमा रोजगारीका अवसर सिर्जना गरी युवालाई स्वदेशमै स्वावलम्बन हुन अभिप्रेरित गर्ने उद्देश्यसहित दक्ष जनशक्ति र सीप अभिमुखीकरणका लागि फिल्लीका आउटलेटले अवसर प्रदान गर्ने सञ्चालकले बताएका छन् । क्याफेबाहेक आफ्नै बेकरी उत्पादन, सेंटल किचेन र बारिस्टा कोर्सको पनि तयारी गरिरहेको कम्पनीका सञ्चालक धु्रव रिजालले जानकारी दिनुभयो ।

जैविक उत्पादन र ताजा पारम्परिक तरिकामा पकाइएको खाना, उत्कृष्ट सेवा र आकर्षक इन्टेरिएर एवं कोलाहलमुक्त वातावरणले गर्दा आफू क्याफेको रेगुलर ग्राहक भएको महानायक हमालले बताउनुभयो । रफिह फिल्लीले काठमाडौंमा फिल्ली क्याफे ल्याउन पाउँदा हर्षित रहेको बताउनुभयो । दुबईमा एक सानो स्थानीय क्याफेका रूपमा सुरु भई चियाप्रेमीलाई सेवा गर्दै हाल १५ देशमा आफ्नो चेन विस्तार तथा स्थापित गरिसकेको फिल्लीले विभिन्न प्रकारका खाजा र पेय पदार्थ पनि समावेश गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *