कोलम्बो । श्रीलंका क्रिकेट टोलीका मुख्य प्रशिक्षक क्रिस सिल्भरउडले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफ्नो राजीनामाको कारण परिवारसँग समय बिताउन नसकिएको बताएको श्रीलंकन क्रिकेट बोर्डले बिहीबार जनाएको छ । सिल्भरउडले टी-२० विश्वकपमा श्रीलंकाको खराब प्रदर्शनपछि पूर्वकप्तान महेला जयवद्र्धनेले सल्लाहकार प्रशिक्षकबाट राजीनामा दिएको एक दिनपछि राजीनामा दिनुभएको हो ।
इंग्ल्याण्डका पूर्वबलर सिल्भरउड अप्रिल २०२२ मा श्रीलंकन पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको थियो । उहाँको प्रशिक्षणमा श्रीलंकाले एसिया कप २०२२, अष्ट्रेलियाविरुद्धको घरेलु एकदिवसीय शृंखला, बंगलादेशविरुद्धको अवे टेष्ट शृंखलालगायत महत्वपूर्ण सफलता हासिल गरेको थियो । यसैगरी श्रीलंका एसिया कप २०२३ को फाइनलमा पनि पुगेको थियो । तर, टोलीले सन् २०२२ र जारी ट्वान्टी-२० विश्वकप तथा गत वर्ष सम्पन्न एकदिवसीय विश्वकपमा भने समूह चरण पनि पार गर्न सकेन ।
‘अन्तर्राष्ट्रिय टोलीको प्रशिक्षक हुनु भनेको प्रियजनबाट लामो समय टाढा हुनु हो । त्यसैले मलाई लाग्छ कि अब घर फर्कने र परिवारसँग केही गुणस्तरीय समय बिताउने समय आएको छ,’ सिल्भरउडले भन्नुभयो, ‘मलाई सहयोग गरेकोमा खेलाडी, प्रशिक्षक, स्टाफ र क्रिकेट श्रीलंकाको व्यवस्थापनलाई धन्यवाद । तपाईँहरूको सहयोगबिना, कुनै पनि सफलता सम्भव थिएन ।’ एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच