काठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जित्नुभएको छ । बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि पाँच हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जित्नुभएको हो । गीतकारसमेत रहनुभएका उहाँले निर्धारित दूरी २२ मिनेट ०३ सेकेण्डमा पूरा गर्नुभयो ।
सोही दूरीको ५० वर्षमाथि धर्मले १७ मिनेट ८ सेकेण्डमा दौड पूरा गर्दै पहिलो हुनुभयो । धर्मले प्रतिस्पर्धा गरेको स्पर्धामा नेपालकै रेवत दाहाल दोस्रो हुनुभयो । उहाँले निर्धारित दूरी तय गर्न १७ मिनेट ५० सेकेण्ड समय लगाउनुभयो ।
नेपालले थप एक कांस्य पनि जित्यो । ५५ वर्षमाथि पाँच हजार मिटर दौडमा दीपककुमार रञ्जितले कांस्य प्राप्त गर्नुभयो । उहाँले निर्धारित दूरी २० मिनेट १९ सेकेण्डमा तय गर्नुभयो । प्रतियोगितामा नेपालबाट ६ खेलाडी सहभागी छन् । पुष्पलाल श्रेष्ठले ६५ वर्षमाथि १० हजार मिटर दौड तथा लाक्पा शेर्पा लामाले ४० वर्षमाथि १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । शनिबार धर्मले १० हजार मिटर दौडमा पनि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच