काठमाडौं । भारतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पूरा गर्ने जिम्मेवारी हिमालयन-कालिञ्चोक-बिबीआर जेभीले पाएको छ । प्रतिस्पर्धाको माध्यमबाट रंगशाला निर्माण कार्यको जिम्मेवारी हिमालयन-कालिञ्चोक-बिबीआर जेभीले पाएको हो ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गर्नुभएको हो । ‘हामी सबैको गौरव भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यको लागि प्रतिस्पर्धाबाट निर्माण व्यवसायी हिमालयन-कालिञ्चोक-बिबीआर जेभी छनोट भएको छ । अबको एक हप्ताभित्र उक्त कम्पनीसँग महानगरले निर्माण सम्झौता गर्नेछ,’ मेयर दाहालको पोष्टमा उल्लेख छ ।
मेयर दाहालले सम्झौता भएको दिनदेखि २६ महिनाभित्र रंगशालाका निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य महानगरले लिएको पनि उल्लेख गर्नुभएको छ । ‘सयौं व्यवधानलाई पार गर्दै हामी फेरि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको चरणमा प्रवेश गरेका छौं । हामी सबै नेपाली क्रिकेट प्रेमीको सपना अव छिट्टै पुरा हुँदैछ,’ मेयर दाहालको पोष्टमा उल्लेख छ ।
रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले टेन्डर आहृवान गरेको थियो । त्यसमा हिमालयन-कालिञ्चोक-बिबीआर जेभीले ६८ करोड दुई लाख ६४ हजार दुई सय सात रुपैयाँमा रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रस्ताव पेस गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच