कास्की । कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ । पोखरामा सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५-३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो ।
उपाधि विजेता कास्कीले नगद ५० हजार रुपियाँसहित, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद ४० हजारसहित ट्रफी, पदक तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा सेमिफाइनलमा तनहुँले बाग्लुङलाई ४५-४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१-२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा तृतीय हुने दुई टिम म्याग्दी र बागलुङले समान नगद ३०-३० हजारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद् गण्डकीका महाशाखा प्रमुख रामप्रसाद आचार्य, प्रदेश कबड्डी संघका अध्यक्ष पवनकुमार प्रजापति, पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, कबड्डी संघका केन्द्रीय सदस्य बिन्दु थापा, निराजन श्रेष्ठ, गण्डकी कबड्डी संघका सचिप हरि जिसीलगायतले नगद, पदक तथा प्रमाणपत्र वितरण गर्नभएको थियो ।







अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको
अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ
एलपी ग्यासको मूल्य र आपूर्तिबारे
जलवायु परिवर्तनबाट भएको क्षतिको नेपालले
कृष्णभीरमा सडकको ट्रयाक खोल्ने काम
एघार दिनपछि एक महिलाको सकुशल