नेपालमाथि विभिन्न देशको कुदृष्टि परिरहेको छ : महासचिव चन्द

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल पेचिलो परिस्थितिमा रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुविकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको बताउनु भयो । उहाँले नेपाल सुन्दर र श्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको बताउनु भयो । उहाँले विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताउनु भयो । उहाँले नेपालमा रहेको श्रोत साधनलाई कब्जा गर्ने होडबाजी चलिरहेको बताउनु भयो । नेपालका श्रमीक जनताका चाहनाहरु अधुरै रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ । नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुविकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा छ भन्नेकुरा यहाँहरु सबैलाई थाहा छ । हाम्रो देश सुन्दर पनि छ, हाम्रो देश निकै श्रोत सधानले सम्पन्न पनि छ । सुन्दरता र श्रोत साधानले सम्पन्न हुनु भनेको निकै चुनौतिपूर्ण हो । सुन्दरतामा सबैको आँखा पर्छ । आज सम्पूर्ण कुतत्वहरुको आँखा नेपालमा परिरहेको पनि हामी राम्रोसँग देख्न सक्छौँ । यसको श्रोत, साधनलाई कब्जा गर्ने होडबाजी निकै तिब्र ढंगले चलिरहेको छ । यो जियोपोलिटिक्समा रातारात हामीलाई युक्रेनको दिशामा घिसार्ने, ठूला ठूला कुसपनाहरु पनि मडारिरहेको हामी देख्छाँै । नेपाल यस्तो ठाउँमा छ । नेपालका श्रमीक जनताहरुले हामीलाई हेरिरहेका छन् । यो महाविधेशनलाई हेरिरहेका छन् । नेपालका श्रमीक जनताका चाहनाहरु अधुरै छन् । नेपालका मजदुर किसानहरु, जाति जनजातिहरु, मधेस, पहाड, महिला, श्रमीक समुदाय, दलितहरु, उत्पीडित जाति, वर्ग, क्षेत्र , लिंग र समुदायहरु छन्, यि सबै नेपालको आजको परिस्थितिमा सन्तुष्ट छैनन् । उनीहरुका अधिकार केही प्राप्त भएका छन्, तर राजनीतिक क्षेत्रमा आएको परिवर्तन आर्थिक जीवनमा बदलिन सकेको छैन ।’

महासचिव चन्दले नेपाल युगान्तकारी परिवर्तनबाट अहिलेको अवस्थामा आइपुगेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *