नयाँ दिल्ली । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जित्ने भारतीय क्रिकेट टोलीले १२५ करोड भारतीय रुपैयाँ पुरस्कार पाउने भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले टोलीलाई उक्त रकम पुरस्कार दिने घोषणा गरेको हो । बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतीय टोलीले प्रतियोगिताभरि असाधारण खेल प्रदर्शन गरेको भन्दै उक्त रकम पुरस्कार दिन लागिएको जानकारी दिनुभएको छ ।
उहाँले यस अद्भुत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई समेत दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘आईसीसी पुरुष टी–२० विश्वकप २०२४ जित्ने भारतीय टिमलाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । भारतीय टोलीले प्रतियोगिताभरि असाधारण खेलकुद प्रदर्शन गरेको छ। यो उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ ।’
शनिबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्षपछि विश्वकप क्रिकेटको उपाधि जितेको थियो । भारतले उपाधिसँगै आइसीसीबाट २० करोड भन्दा धेरै रकम पुरस्कार प्राप्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच