रन्जितालाई नाउपाको संसदीय दलको नेताबाट हटाइयो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।

संसदीय दलको निर्णय संसद् सचिवालयलाई गराउने तयारी रहेको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गर्नुभएको छ।

बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ । लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुनुहुन्छ । यसअघि गंगाराम प्रमुख सचेतक हुनुहुन्थ्यो । प्रतिनिधि सभामा नाउपाका चार सांसद रहनुभएके छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *