पाँचथर । पाँचथरको फिदिम बजारमा सोमबार दिउँसो २ वटा पाउरोटी शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण उद्योगबाट अनुमति पत्र नलिई तथा नविकरण नगरीकन संचालन गरेका दुई पाउरोटी उद्योग बजार अनुगमन समितीले पसलमा छापा मारी शिलवन्दी गरिदिएको हो ।
अर्सद आलमले संचालन गरेको ओम श्री साई पाउरोटी उद्योग र महमत मसिबुलले संचालन गरेको फिदिम डुनट पसलमा अनुगमन समितीले छापा मारी शिलवन्दी गरेको हो ।
ओम श्री साई पाउरोटीको खाद्य प्रविधी तथा गुण नियन्त्र विभाग बाट लिनुपर्ने अनुज्ञापत्रको नविकरण नभएको,यस्तै फिदिम डुनट पसलले अनुज्ञापत्र नलिएको हुँदा ती उद्योगहरुमा छापा मारी शिलवन्दी गरिएको घरेलु कार्यालय पाँचथरका प्रमुख लक्ष्मी सुहाङले बताउनुभयो ।
आवश्यक कागजात पुरयाएर आए पुन उद्योग संचालन गर्न दिइने कार्यालय उहाँले बताउनुभयो ।
ती उद्योग बाट ब्रेड,क्रिम रोल,केक लगायतका खाद्य वस्तुहरु बरामद गरी नष्ट गरिएको अनुगमन समितीले जनाएको छ ।
अनुगमन टोलीमा घरेलु कार्यालय,फिदिम नगरपालिका,जिल्ला प्रहरी कार्यालय,जिल्ला प्रशासन कार्यालय,संचारकर्मी लगायतको टोली सहभागि थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच